SHARE
लोक पथ · बुधबार १ असो २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

थप दयनीय बन्यो अफगान बालबालिकाको अवस्था

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालबालिका निरन्तर सङ्कटमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । युनिसेफका अनुसार, शिक्षा, स्वास्थ्य सेवा, सफा खानेपानी र बाल संरक्षणजस्ता आधारभूत सेवाहरू अब उनीहरूका लागि जीवनरक्षक बनेका छन् । विगतका दशकदेखि द्वन्द्व, गरिबी र सामाजिक प्रतिबन्धहरूले बालबालिकाको अधिकार र भविष्यमा गम्भीर असर पारेको बताइएको छ ।