SHARE
लोक पथ · बुधबार १ असो २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

०४६ सालयता सबै आन्दोलनमा निजी क्षेत्र नै टार्गेटमा पर्‍यो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधबार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसिसिआईको टोलीले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया, उपेन्द्र महतोको घरको अवलोकन गरेको हो ।