SHARE
लोक पथ · बुधबार १ असो २०८२ ०१:४४ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको पहाडी जिल्लामा किन मनाइन्छ बूढी पोल्ने पर्व ?

काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेका थिए ।