SHARE
लोक पथ · बुधबार १ असो २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

एमाले युवाहरुको पार्टी हो : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताए । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको उल्लेख गए ।