नेपालीले नै सिंहदरबारको पुनर्निर्माण गर्न पर्यटन व्यवसायीको आग्रह, एक लाख सहयोगको घोषणा
काठमाडौं । युवा पर्यटन व्यवसायी नवराज अगमाईले सिंहदरबारको पुनर्निर्माण नेपालीकै सहयोगबाट बनाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत अपिल गर्दै अमगाईले कोषमा आफूले तत्कालै एक लाख सहयोग गर्ने घोषणा गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अगमाईले सिंहदरबारको पुनर्निर्माणमा सबै एकजुट हुन भन्दै कोष निर्माणका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
