SHARE
पर्दाफास · बुधबार १ असो २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

कार्यालय जलाइए पछि कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए । आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन् ।