SHARE
पर्दाफास · शनिबार ६ भौ २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश गाडी विद्युतीय हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवम व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् । उनका अनुसार यही कारण आगामी नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी विद्युतीय हुनेछन् ।