SHARE
पर्दाफास · सोमबार २९ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

बाढीले रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा रु २५ करोड २५ लाख बराबरको क्षति भएको छ ।