द्विपक्षीय बैठकका लागि अर्थमन्त्री वाग्ले भारत जाँदै
अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकमा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्। भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले आगामी असोज १ र २ गते भारत भ्रमणमा जान लागेका हुन्। वाग्लेको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सहकार्यका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
