SHARE
पर्दाफास · बुधबार १ असो २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

तोकिएकै मितिमा निर्वाचन गराउन एमाले दृढ छ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । आफूहरूले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्प गरेको उनको भनाइ छ ।