मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको अवलोकन
काठमाण्डु – साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको उद्योगमन्त्री गौरी यादवले अवलोकन गरेकी छन् । मन्त्री यादवले परीक्षण उत्पदन भइरहेको उद्योगको शनिबार अवलोकन गरेकी हुन् । मन्त्री यादवलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको छ ।
