SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०३:४५ AM · 1 मिनेट पढाइ

गाजा क्षेत्रमा इजरायली आक्रमणको मध्यस्थकर्ता राष्ट्रहरूद्वारा निन्दा

एजेन्सी । गाजा द्वन्द्वमा मध्यस्थकर्ताको भुमिका निर्वाह गरिरहेका राष्ट्रहरू इजिप्ट, कतार र टर्कीले गाजा पट्टीमा भइरहेका पछिल्ला इजरायली आक्रमणहरूको कडा निन्दा गरेका छन् । बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै मुलुकले गाजा क्षेत्रमा जारी मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।