६ समस्याग्रस्त सहकारीका ९१ साना बचतकर्ताको रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ वटा समस्याग्रस्त सहकारीका ९१ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिका अनुसार गोर्खा सहकारीका २५, गौतमश्रीका ६, शिव शिखरका १३, आइडियल यमुना सहकारीका ३, ओरिएन्टल को–अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
