SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

अमेरिकामा ९० दिनसम्मका लागि गाईको मासुको आयातमा भन्सार छुट

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म ‘ग्राउन्ड बीफ’ (गाईको पेलिएको मासु) लाई भन्साररहित अवस्थामा आयात गर्न अनुमति दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नजिकिँदै गर्दा अमेरिकी उपभोक्ताका लागि गाईको मासुको मूल्य घटाउने प्रयास गरिरहेको देखिन्छ ।