SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवलाई आज सम्बोधन गर्दै महामन्त्री पौडेलले पछिल्लो समय युवापुस्तामा पनि आध्यात्मिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।