अलास्कामा अमेरिकी वायु सेनाको परिसरमा विमान दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी । अलास्काको दुर्गम अमेरिकी वायु सेनाको परिसरमा भएको विमान दुर्घटनामा आठ जनाको मृत्यु भएको सेनाले जनाएको छ । विमान आलस्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेवेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमान्डले विज्ञप्तिमार्फत जनाएको छ ।
