शंखमुलमा होस्टलभित्रको विवादले लियो युवकको ज्यान
काठमाण्डु–काठमाण्डुको शंखमुलमा होस्टलभित्र भएको विवादले उग्र रुप लिएपछि साथीहरुको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको साथीहरुको कुटपिटबाट ज्यान गएको हो ।
