कांग्रेस महामन्त्री पौडेलको अपील-अदालतबाट होइन, संवादबाटै निकास खोजौँ
काठमाण्डु –नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक विमति र विवादलाई सडक वा अदालतमा नलैजान आग्रह गरेका छन् । महामन्त्री पौडेलले सबै पक्षलाई संवादका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा आउन सार्वजनिक अपिल गरेका छन् ।
