SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

कोरला नाकाबाट साउनमा भित्रिए सय इभी गाडी

काठमाण्डु – चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ। यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी