संविधानविरुद्धका गतिविधि गर्ने जोसुकै भए पनि सजायको भागिदार हुनुपर्छ : रवि लामिछाने
काठमाण्डु– रास्वपाका सभापति रवि लामिछानेले संविधानविरुद्धका गतिविधि स्वीकार्य नहुने बताएका छन् । शनिबार सचिवालय बैठक सकेर बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही नभएको बताएका हुन् । उनले यो कुरामा आफू र रास्वपा स्पष्ट रहेको समेत उल्लेख गरे । उनले भने, ‘यसमा कसैले दुविधा गर्नुपर्दैन ।
