यसरी सुकाइँदै छ त्रिवि क्रिकेट मैदान (फाेटाे फिचर)
काठमाण्डु– पानी परेर भिजेको त्रिवि क्रिकेट मैदानलाई सुकाउन सुपर सोपर रोलर प्रयोग गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुने खेल सञ्चालनका लागि मैदानमा जमेको पानी हटाउने काम भइरहेको हो । सुपर सोपरले मैदानमा जमेको पानी सोसेर छिटो सुकाउन मद्दत गर्छ ।
