खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
३१ भदौ, काठमाडौं। खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत (१ः१) हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
