सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
३१ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।
