SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

भारतीय सागसब्जीमा कडाइ, नेपाली किसानका उत्पादनले पायो बजार

राँझा । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिए ।