देशलाई नष्ट गर्ने काम नगरौँ : गृहमन्त्री अर्याल
काठमाडौं । गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गरेका छन् । गृहमन्त्री अर्यालले मंगलबार उक्त कार्यालयको अनुगमन गर्दै देशलाई नष्ट गर्ने काम कसैले गर्नु नहुने बताएका छन् ।
