SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।  भेटमा उनले प्रधानमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । दाहालको सचिवालयका अनुसार, भेटवार्तामा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।