हर्क साम्पाङको लगातारको ‘आक्रमण’पछि मेयर बालेनको प्रतिक्रिया : ‘डियर म तिमीलाई माया गर्न छाड्दिन’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा ‘स्ट्याटस’ पोस्ट गरेका छन् । पछिल्ला दिनमा साम्पाङले बालेनप्रति असन्तुष्टि जाहेर गरिरहेका बेला उनले यस्तो स्ट्याटस पोस्ट गरेका हुन् ।
