सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी
काठमाडौं । जेन जी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा सुरु गरेका छन् । आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरू बिनाबर्दी काममा फर्किएका थिए ।
