SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि [तस्बिरहरु]

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । पोष्टमार्टम सकिएपछि सहिदको पार्थिव शरीर टिचिङ अस्पतालबाट शवयात्रा गरी आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पार्थिव शरीरमा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । राष्ट्रिय सम्मानपछि मृतकका आफन्तले आर्यघाटमा दाहसंस्कार गरेका छन् ।