SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ ११:१३ AM · 1 मिनेट पढाइ

१६ बुँदे प्रस्तावसहित जनार्दन शर्माले मागे प्रचण्डको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् । उपमहासचिव शर्माले १६ बुँदे प्रस्ताव अघि सार्दै अध्यक्ष प्रचण्डको राजीनामा मागेका हुन् । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई लिएर तयार पारेको प्रस्तावमार्फत शर्माले अबको बाटो नयाँ नेतृत्वमार्फत तय गर्नुपर्ने धारणा राखेका छन् ।