फेसबुकबाटै हितेन्द्रले दिए कुलमानलाई बधाई
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका घिसिङलाई मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका हुन् ।
