गोसाइँकुण्ड मेलामा चार स्थानमा स्वास्थ्य शिविर
रसुवा । गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ । यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । मेला भर्न जाने श्रदालुको स्वास्थलाई ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो ।
