भिमादबाट धनुषा जाँदै गरेको सेनाको ट्रक चुरियामाई नजिकै दुर्घटना, तीन जनाको अवस्था चिन्ताजनक
काठमाडाैं । हेटौंडा नजिकै रहेको चुरियामाई क्षेत्रमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको छ । मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकै भएको दुर्घटनाका ६ जना घाइतेलाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
