टाटा कार्निभल हुँदै: पुरानो गाडीसँग नयाँ पन्च र टियागो ईभी साट्न सकिने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफूले प्रयोग गरिरहेको जुनसुकै पुरानो गाडी एक्सचेन्ज गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सक्नेछन्।
