SHARE
लोक पथ · मङगलबार ३१ भौ २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

दसैँको टीकाको साइत कति बजे ?

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (बडादसैँ) टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।  समितिका अनुसार असोज १६ गते सोमबार बिहान ११ः५३ बजे टीका लगाउन शुभ रहनेछ । समितिले जनाएको अनुसार यस वर्षको दुर्गा पक्ष अर्थात् बडादसैँ असोज ६ गते सोमबारदेखि सुरु हुनेछ । सो दिनलाई नवरात्रारम्भ पनि भनिन्छ ।