भोलि देशभर राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
काठमाडौं । बुधबार सरकारले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा शोक बिदा दिइएको हो । गृहमन्त्रालय विज्ञप्ति जारी गर्दै शोक मनाउन सार्वजनिक बिदा दिइएको र राष्ट्रिय झण्डा आधा झुकाउन भनेको हो ।
