प्रहरीका ९८ इकाईमा आगजनी, ५८ इकाईमा तत्काल फर्कन नसक्ने
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका ९८ इकाईमा आगजनी भएको प्रतिवेदन तयार भएको छ । जिल्ला प्रहरी परिसरले मंगलबार साँझसम्म तयार पारेको प्रतिवेदनमा ९८ इकाईमा आगजनी र तोडफोड भएको प्रतिवेदन दिएको हो । लोकपथलाई प्राप्त प्रतिवेदन अनुसार नेपाल प्रहरीका कुल १२९ इकाईमध्ये ९८ इकाईमा तोडफोड र आगजनी भएको छ ।
