कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउँदै कानुन निर्माणदेखि कार्यान्वयनसम्म तहगत समन्वय गर्दै सरोकार भएका निकायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
