SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

विद्युतमा लगाइएको भ्याट वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्, सिँचाइ र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्यून वर्गीय श्रमिकलाई मारमा पारेको भन्दै उनले आपत्ति जनाएका हुन् ।