SHARE
पर्दाफास · सोमबार १ भौ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

आजदेखि पायक पर्ने बिक्रेताबाट ग्यास खरिद गर्न निगमको आग्रह

नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यासको बिक्रीवितरणको व्यवस्था मिलाइएको जनाएको छ। निगमले आज सूचना जारी गर्दै आफूलाई पायकपर्ने ग्यास बिक्रेताकहाँ सम्पर्क गरी ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको हो।