SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

बिरामी परेका पूर्वाधार विकास मन्त्री लम्साललाई सेनाको विमानबाट काठमाडौँ ल्याइयो

सुदूरपश्चिम भ्रमणका क्रममा अस्वस्थ भएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको छ। आइतबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट बैतडीदेखि धनगढी ल्याइएका मन्त्री लम्साललाई साँझ सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौँ ल्याइएको हो। सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो।