भोलिदेखि ग्यास सिलिन्डर बिक्री सम्बन्धी नयाँ सूचना ! बिक्रेतालाई सम्पर्क गर्न अपिल
काठमाण्डु – नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको बिक्री वितरण सम्बन्धी नयाँ सूचना जारी गरेको छ । आईतबार जारी सूचनाअनुसार भोलि भदौ १ गते सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताहरूमार्फत नियमित प्रक्रियाअनुसार नै ग्यास बिक्री वितरण हुनेछ ।
