SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी छ : शक्ति बस्नेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै बस्नेतले परिवर्तनको खोजीमा अघि बढेको जनमत कम्युनिष्ट दलहरूबाट टाढिँदै जानुको कारण पहिचान नगरी आन्दोलन अघि बढ्न नसक्ने बताए ।