SHARE
पर्दाफास · आइबार​ ३१ साउन २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

मालवाहक सवारीको ओभरलोड रोक्न पाँच लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ ।