हामी फेरी उठ्ने छौं, तपाईंहरु सँगै, एनसेल नेपाल कै लागि
२९ भदौ, काठमाडौं। गत हप्ताको तोडफोडका घटनाले हाम्रो काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पु¥याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौं । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए ।
