नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा देशको वर्तमान अवस्थाबारे चासो व्यक्त
२९ भदौ, काठमाडौं। हालै देशव्यापी रूपमा भएको आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना प्रकट गरेको छ।
