नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने
३० भदौ, काठमाडौं। नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (Nepal Airlines Corporation) ले चीनको ग्वाङझाउमा सिधा उडान सुरु गर्ने भएको छ। आगामी ९ असोज (२५ सेप्टेम्बर) देखि नियमित उडान गर्न लागेको निगमले आइतबार एक सूचना जारी गर्दै जानकारी दिएको हो। यो नयाँ उडानले नेपाल–चीन यात्रा गर्ने यात्रुहरूका लागि अर्को विकल्प प्रदान गर्नेछ।
