नवनियुक्त मन्त्रीहरूले लिए शपथ
३० भदौ, काठमाडौं। नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् । अर्यालले गृह र कानुन मन्त्रालय, कुलमानले ऊर्जा र रामेश्वर खनालले अर्थमन्त्रीको शपथ लिएका हुन्।
