अर्थमन्त्री खनालको घोषणा, निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं, टुक्रे आयोजना कार्यान्वयन नगर्ने
३० भदौ, काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै आर्थिक शुचिता र निजी क्षेत्रको मनोबल कायम राख्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गरेर करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताए।
