एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
३० भदौ, काठमाडौं। काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा तोडफोड, आगजनी र डकैतीको घटना भएको भन्दै एनसेलले प्रहरीमा उजुरी दर्ता गराएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न आपराधिक समूहले कार्यालयमा ठूलो क्षति पुर्याएको कम्पनीको दाबी छ।
